२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

८० औं जन्मदिन मनाउँदै अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चनले आज आफ्नो ८० औं जन्मदिन मनाउँदै छन्।

उनको जन्म सन् १९४२,अक्टुवर  ११ मा भएको थियो। उनले सात हिन्दुस्तानी नामको चलचित्रमा डेब्यु गरेका थिए भने ८० वर्षको उमेरमा ब्रह्मास्त्र र गुडबाईमा मुख्य भूमिका निभाएका छन्।  

७० र ८० को दशकमा बलिउडमा एक छत्र राज गरेका अमिताभ आज पनि उत्तिकै सकृय छन्।

अमिताभलाई गम्भीर रोगहरूको संक्रमण छ। उनको कलेजो ७५ प्रतिशत काम नगर्ने भएको छ। उनी २५ प्रतिशत कलेजोले जीवित छन्। योभन्दा पहिले उनले मृत्युलाई जितेर नयाँ जीवन प्राप्त गरेका थिए। त्यसैले अगस्ट २ लाई उनको दोस्रो जन्मदिन मानिन्छ। अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले पनि एकपटक भनेका थिए कि २ अगस्टमा  डाक्टरहरूले बुवालाई नयाँ जीवन दिए, त्यसैले यो दिन उनको दोस्रो जन्मदिन हो।

सन् १९८२ मा कुल्लीको सुटिङ्गको बेला फिल्मको सेटमा अमिताभसँग एउटा घटना घटेको थियो जसले उनको ज्यान झन्डै गुमेको थियो।

जिन्दगीको ८ औं दशकमा पनि अमिताभ सक्रिय र स्वस्थ देखिन्छन्। ११० वर्ष पूरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष अमिताभले योगदान गरेका छन्। 

प्रकाशित: २५ आश्विन २०७९ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App