४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक

आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएकाे हाे।

फिल्मको ट्रेलरमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ चित्रित छन्। दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ।  

यो ‘घामपानी’ र ‘छ माया छपक्कै’ फेम्ड निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म हो। यसमा भुटानी अभिनेत्री उगेन छोदेनको डेब्यु समेत रहेको छ। किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा गण्डकी प्रदेशका खेलकुदमन्त्री समेत रहेका दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ छन्। 

प्रकाशित: ११ आश्विन २०७९ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App