२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘के घर के डेरा’को टिजर सार्वजनिक

नेपाली चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ। चलचित्रको डिजिटल राइट्स खरिद गरेको कम्पनी जी-२१ डिजिटलको यूट्युब च्यानलबाट आगामी कात्तिक ४ गते प्रदर्शन हुने चलचित्रको टिजरले काठमाडौँमा बस्ने दुई परिवारको कथालाई देखाइएको छ।

काठमाडौँमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई टिजरले समेटेको छ। ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन्।

सिंगे लामाको कथा रहेको साे चलचित्रमा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ। चलचित्रको सम्पूर्ण छायांकन काठमाडौँ उपत्यकामा गरिएको थियो। कमेडी तथा सोसल जनरामा बनेको यस फिल्मको कथा सिंगे लामाले लेखेका हुन्।

त्यसैगरी, चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ। चलचित्रमा दयाह्याङ राइ, विपिन कार्कि, सुरक्षा पन्त, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

प्रकाशित: ३० भाद्र २०७९ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App