९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कला र संस्कृतिविना देशको पहिचान हुन सक्दैनः भारतीय अभिनेता गोविन्दा

फाइल तस्बिर।

भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिविना देशको पहिचान हुन नसक्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अभिनेता गोविन्दाले दर्शकलहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्ने बताए। उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए। उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसाबबाट अघि बढाउन आवश्यक रहेको पनि बताए। कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताए। उनले कलाकारहरुले व्यापार,व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारकाक धनदाता मातापिता उद्योगी,व्यापारीहरु भएका बताए।  

उनले भने, ‘दर्शकलहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्छ। नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस्। नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो। जो काम हामी गर्छौं त्यो काम मानिसले याद गर्ने किसिमको होस्। कला संसारको अभिन्न अंग हो। नयाँ विचारहरुले भरिएको हुन्छ। कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ। पैसा भएर पनि पहिचान हुँदैन। तर कला यस्तो चिज हो जसले दुवै दिन्छ।’  

भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा नेपाल आएका हुन्। चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहेका छन्।  

प्रकाशित: १२ भाद्र २०७९ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App