२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

डकुमेन्ट्री सर्भाइभल लिभिङ थ्रु कोभिडलाई ‘बेस्ट कोभिड थीम’ अवार्ड

डकुमेन्ट्री 'सर्भाइभल लिभिङ थ्रु कोभिड'ले कान्स वर्ल्ड फिल्म फेस्टिभलमा ‘बेस्ट कोभिड थीम’ अवार्ड प्राप्त गरेको छ।

तीन मिनेट ५० सेकेण्डको सर्भाइभल लिभिङ थ्रु कोभिडमा कोभिड महामारीमा नेपालीहरूले भोगेका समस्या, बाँच्नका लागि मानव जातिले गरेको संघर्ष र कोभिडलाई जितेको भोगाइ रहेको डकुमेन्ट्री 'फिल्म'का निर्माता किशोर श्रेष्ठले बताएका छन्।

यस्तै उक्त डकुमेन्ट्रीमा मास्क र सेनिटाइजरको प्रयोगले कोरोनालाई कसरी परास्त गर्न मद्दत गर्छ भन्ने सन्देश पनि दिइएको श्रेष्ठको भनाइ छ। सो फेस्टिभलमा विश्वभरका एक हजारभन्दा बढी फिल्म सहभागी थिए।

‘बेस्ट कोभिड थीम’ को फाइनलमा ४० वटा फिल्म छानिएका थिए। ड्रिम भिजनको प्रस्तुति र अफ्जल खानको निर्देशनमा बनेको डकुमेन्ट्रीले आधिकारिक अवार्ड भने २०२३ मा प्राप्त गर्नेछ।

प्रकाशित: ११ श्रावण २०७९ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App