२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘हाम्रो बाटो’ लघुकथासंग्रहको परिचर्चा

लघुकथाकार म्यामराज राईको ‘हाम्रो बाटो’ लघुकथासंग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।नमस्ते आधुनिक लघुकथा मञ्च फेसबुक पेजको आयोजनामा भर्चुअल माध्यमबाट सो कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको हो।

लघुकथाकार तथा समालोचकहरू-प्राडा कपिल लामिछाने, डा. विदुर चालिसे, डा. शङ्करप्रसाद गैरे, डा. शेखरकुमार श्रेष्ठ र हरिप्रसाद भण्डारीले कृतिको परिचर्चा गरेका थिए।

परिचर्चाकारहरूले संग्रहका लघुकथामा समकालीन युगबोध, विषय चेत, विविध क्षेत्रका विकृतिप्रति कडा प्रहार, मानव र मानवेत्तर पात्रको कुशल प्रयोग भएको बताए।

त्यसैगरी परिचर्चाकारहरूले लघुकथाले विदेशी नागरिकमा देखिएको अनुशासन र कर्तव्यबोधको चर्चा गर्दै नेपालीहरू पनि त्यस्तै हुनुपर्ने सकारात्मक सन्देश दिएको पनि बताए।

परिचर्चाकारहरूले जापानजस्तो व्यस्त मुलुकमा बसेर पनि साहित्य साधनामा लागेकोमा प्रशंसा गर्दै  त्यहाँको रहनसहन, वैज्ञानिक प्रणाली आदि समेटेर पनि लघुकथा लेख्न सुझाएका थिए।

लघुकथाकार राईले प्राज्ञिक जनबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा परिचर्चा कार्यक्रम आफ्नो जीवनकै महत्वपूर्ण कार्यक्रम भएको बताए।

उक्त परिचर्चा कार्यक्रममा रञ्जुश्री पराजुली, वसन्त अनुभव, नानी विबु, गणेश नेपाली, मीठुकुमारी पाठक, हेम पोखरेल, छायादत्त न्यौपाने, छविलाल खड्का, सिएन बन्जाडे, दिनानाथ पण्डित, महेश जिज्ञासु, प्रकाश वाग्ले लगायतका लघुकथाकारको उपस्थिति रहेको थियो।

नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मञ्चका उपाध्यक्ष शेखर अर्यालले गरेका थिए।

प्रकाशित: ८ श्रावण २०७९ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App