२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

प्रज्ञामा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी चलिरहेको छ। प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक तथा पत्रपत्रिका राखिएका छन्।

पुस्तक प्रदर्शनीको शुभारम्भ प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गरेका थिए। कार्यक्रममा कुलपति उप्रेतीले प्रज्ञाबाट प्रकाशित सवै पुस्तक विशेष रहेका बताए। उनले प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्‍याउन प्रतिष्ठान लागिपरेको पनि प्रस्ट्याए।

प्रतिष्ठानले २०३० सालदेखि २०७९ असारसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा दैनिक सयभन्दा बढी पाठक आउने गरेका छन्। सबैभन्दा बढी बालसाहित्यका पुस्तक बिक्री हुने गरेका छन्। धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक, नेपाली बृहत् शब्दकोश परिमार्जन सहित दसौं संस्करण र सातै प्रदेशका महत्त्वपूर्ण विषयवस्तु समेट्ने तस्बिरमा नेपाल समेत प्रदर्शनीमा समावेश गरिएको उनले बताए।

प्रकाशित: ३२ असार २०७९ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App