२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पुनरावृत्ति

लघुकथा

दिनेश निरौला

तीन दिनदेखि लगातार परेको पानी रोकिने कुनै छेकछन्द देखिएको थिएन।

ठाउँठाउँमा कटान, डुवान र पैरोले जनजीवन अस्तव्यस्त बनाएको थियो। बिजुलीका खम्बाहरू ढलेका थिए। धेरै ठाउँमा सडक, बाटो अवरुद्ध थियो। हामी प्रहरीलाई यी सबै ठाउँमा पुग्नै परेको थियो।

हेडक्वाटरदेखि पत्रकारसम्मले क्षणक्षणमा अपडेट हामीलाई नै मागिरहन्थे। हामीले तीन दिनदेखि उद्धार गरिरहेका थियौं। कतिपय स्थानमा समयमै उद्धार गर्न नपुगेको भन्ने गुनासा पनि सुन्न परेको थियो।

हामीलाई एउटा सजिलो थियो। उद्धार गरिएका स्थान र स्थानीय दश वर्षदेखि भएका सबै विपत्तिमा पर्दै आएका थिए। यो हाम्रो दश वर्षको रेकर्डले यही बोलेको थियो। अपवाद संख्या थपघट भएको थियो।

आकाशमा मेघ–गर्जनबाहेक छुट्टै आवाज सुनियो। हेर्दाहेर्दै केही थान त्रिपाल, केही काटुन चाउचाउ र केही काटुन पानीको वर्षापछि आवाज हरायो।

मेरो मनले भन्यो, ‘के यसको दीर्घकालीन समाधान खोज्नु पर्दैन!’

प्रकाशित: १६ असार २०७९ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App