रोशन पराजुली
‘ए पख तिमी किन हतार हतारमा नि?’
प्रश्न समयको–जीवनलाई।
जीवन–किन नि?
‘हतार गर्नु भन्या पछि पर्नु हो।’ समयले दिइहाल्यो।
जीवन-ए त्यसो पो।
जीवन- किन पछि पर्छु र म?
समय–
‘ल तिमीलाई पछि पर्छौ भन्या हो र! हतार नगर। बिस्तारै हिंड पो भन्या त!’ जीवन छक्क!
समय-
न गन्तव्यको ठेगान! न पदचापमा ध्यान! न दुरी नै कायम! न समयको पहिचान!
कम्तीमा वेगलाई त ध्यान देऊ।
जीवन-
हैट, यस्ता घिसिपिटी कुरामा किन अलमलाउँछौ मलाई!
हतार छ हतार मलाई भन्दै ऊ अघि लाग्यो।
समय चुपचाप हेरिरह्यो।
जीवन,
केही पर पुग्न नपाउँदै ठेस लाग्यो र थुचुक्क बस्यो अनि सम्झियो, ‘बाफ रे कस्तो बाधा!’
प्रकाशित: १० असार २०७९ ०४:०३ शुक्रबार