१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

अभिनय

लघुकथा

रञ्जु खनाल

अलिपर बाटाबाट दुई जना विज्ञ आउँदै थिए। उनीहरूमध्ये एकजनाले आफ्नो नाटकबारे विद्वता छाँट्दै थिए।

गजबको हाउभाउद्वारा नाटक मञ्चन गरेको कुरा एक आपसमा अभिनय गरिरहेका बेलामा एउटा उपबुज्रुकले प्वाक्क बोलिहाले,‘हैन महाशय, तपाईं अहिले के गर्न लाग्नुभाको नि?’

बडो उत्तेजनापूर्वक अभिनयकर्ताले भने,‘हेर्नुस्, म नाटक देखाएर पल्लो गाउँबाट भर्खर आउँदै छु। भर्खरै मात्र मेरो नाटक मञ्चन भएको थियो। त्यसैले पुनः रिहर्सल गरिरहेको नि!’

तिनै बुज्रुकले भने,‘लु त हामी पनि हेरौं त तपाईको नाटक!’

नाटकको कुरा सुन्दा अरू दर्शक पनि थपिंदै गए। ती दुई विज्ञमध्ये अभिनयकर्ताले आफ्नो नाटकको अभिनय गर्दै भने ,‘मित्रहरू, मेरो नाटकको चार चरित्र छन्! पिठाको गोला, बेलना,चक्ला अनि भोकाएको व्यक्ति।’

अब शुरू हुन्छ, हेरौं है त! पिठाको डल्लो, मित्रहरू तपाईहरू मलाई रोटी पकाएर खानुहुन्छ। यसमा कसैको दुई मत छ त?

यो सुनेर बेलनाले भन्छ,‘म रोटी बेल्छु तर खान पाउँदिनँ।’

चक्ला जंगिएर ‘ए लम्बू, तैंले मात्र रोटी बेल्छस् कि क्या हो हँ! मेरो ढाडमा लडिबुडी गर्ने तँ, मचाहिं सहेर बस्ने।

अझ बाठो भएर बोल्दो रहेछ। म रोटी बेल्छु अरे। मेरो ढाड नभएको भए तँ पिठाको डल्लो कहाँ राखेर बेल्थिस् हँ?

बेलना र चक्ला विवाद गर्दै थिए। भोकाएको व्यक्ति जुँगामा ताउ लगाउँदै ‘अहा, तिमीहरू झगडा गर्दै गर! मचाहिं हिंडे’ भन्दै भएभरको रोटी बोकेर टाप कस्यो।

सबै जना मुखामुख गरे। केही बोल्न सकेनन्। पर्दा बन्द हुन्छ।

प्रकाशित: १ असार २०७९ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App