इन्दिरा गौतम
‘तिमी अचेल कसलाई प्रेम गर्न थाल्यौ?’ बाहिर अखबार पढ्दै गरेका श्रीमानको मुखबाट एक्कासी निस्कियो। हत्तपत्त एक ग्लास पानी ल्याएर दिएँ। उनले सासै नफेरी गिलासको पानी सके। मेरो मुखमा फर्केर हेरेनन्।
‘तिमी मेरो भोकप्यास पनि बिर्सन थालेकी अब?’
ममाथि अर्को प्रश्न चिन्ह। मेरो कहाँ गल्ती भयो,सोचें। ऐनामा अनुहार हेरें। मैले हतपत्त मुख धोएँ। अनुहारबाट मेकअपको फाउन्डेशन हटाएँ। यी बुढा कहिलेदेखि अनुहार पढ्न थाले हँ?
बुढो फकाउन हत्तपत्त चिया खाजा ल्याएँ। चिया खाँदै भनें, ‘छेउमा बस न?’
अघि भर्खरै उसँग बोलेकी थिएँ। मेरो ढुकढुकी बढ्दै गयो। हातखुट्टा काम्न थाले। अलिक परै बसें।
–हेर त कति राम्रो कविता! तीनतीन चोटि पढें। तिमी पनि पढ् न।
पहिला मोबाइलका मेसेज जति डिलिट गर्दै भने,‘साँच्चै समय सान्दर्भिक रहेछ।’
प्रकाशित: २५ जेष्ठ २०७९ ०९:०४ बुधबार