२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कविकेशरी चित्तधरको जन्मजयन्ती मनाइयो

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्ती शनिबार मनाइएको छ। जन्मजयन्तीको अवसरमा ‘कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठीको आयोजना गरियो।

सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल भाषामा कविता/काव्य रचना गरेर कविकेशरी चित्तधरले नेपालभाषा साहित्यका साथै नेपाली साहित्यमा विशिष्ट योगदान दिएको बताए।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपालभाषाका स्रष्टाहरूले रञ्जना लिपिको अध्ययन गर्नुका साथै नेपाल भाषा साहित्यलाई व्यापक बनाउनका लागि सबैले काम गर्नुपर्ने विचार राखे।

उक्त अवसरमा नेपालभाषा परिषद्द्वारा स्थापित विभिन्न पुरस्कार नेपालभाषा साहित्यमा योगदान दिने विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको थियो। डा. आनन्द जोशीलाई ‘चित्तधर पुरस्कार’, विमलप्रभा बज्राचार्यलाई ‘ठाकुरलाल पुरस्कार’, सरस्वती तुलाधरलाई ‘मोतीलक्ष्मी पुरस्कार’, केदार सितुलाई ‘केशललाल पुरस्कार’ र कुन्दनप्रसाद श्रेष्ठलाई ‘पूर्ण–हीरा पुरस्कार’ प्रदान गरिएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७९ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App