१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

घर

लघुकथा

दिनेश निरौला

सावित्रीलाई अँगालोबाट छुटाउँदै नेत्रप्रसादले आफ्नो निर्णय सुनायो,‘सावित्री बिहान सबेरै हिंड्नुपर्छ। अब यस ठाउँमा हाम्रो जीविका चल्ने छाँट छैन।’

‘नसुती के सपना देख्न थाल्नुभयो’ सावित्रीले घडी हेर्दै भनिन्। रातको एघार बज्नै लागेको थियोे। दुवै बच्चा मस्त निद्रामा थिए।

‘बजेट भाषणको चर्चासँगै कोठाभाडा बढाउने उर्दी छ घरपटीको। फेरि कोरना वा अरू यस्तै समस्या पर्ला भन्ने लागेर होला बच्चाको स्कुलमा भर्नाको समयमा नै छ महिनाको शुल्क लिने अरे। बजारमा सबै सामान लुकाउन थाले। किन्न पाइँदैन, पाइहाले पनि दोब्बर भाउ छ। उसै पठाओले शिथिल बनाएको यो ट्याक्सी व्यवसाय मेरो। अब तेल लगाउन पनि पुग्न छाड्यो।’ उसले सुस्केरा छाड्यो।

–जाने चै कहाँ नि?

‘के भएको छ र मेरो घर?’ ऊ जोसिलो बन्यो।

सात वर्षअघि यो घरमा बस्नु परे दूधकोशीमा फाल हानेर मर्छु भनेको थिई सावित्रीले। गाला लाललाल बनाई लामो सास फेरी। केके सोची कुन्नि? नेत्रप्रसादलाई गम्लङ्ग अँगालो हाली र भनी, ‘आफ्नो घर।’

प्रकाशित: २१ जेष्ठ २०७९ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App