२५ असार २०८१ मंगलबार
image/svg+xml
कला

पोखराको गीतमा माओत्से गुरुङको साथमा नम्रता र महेश

चर्चित कलाकार माओत्से गुरुङले मनमोहक प‍ोखरा बोलको गीतमा अभिनय गरेका छन्।

गीतको कथा अनुसार नायिकाको भूमिकामा रहेकी नम्रता सापकोटा र नायकको भूमिकामा रहेका महेश खड्का पोखरा घुम्न जाने क्रममा पूर्व परिचित अङ्कल माओत्से गुरुङकोमा पुगेर आफूहरुलाई पोखराका सम्पूर्ण ताल र महत्वपूर्ण स्थलहरु घुमाइदिन अनुरोध गर्छन् र सोही अनुरोधलाई अभिभावकत्व ग्रहण गर्दै माओत्सेले समग्र प‍ोखरा भ्रमण गर्न साथ दिन्छन्।

गीतकार दीपेन्द्र अधिकारीको शब्द सिर्जनामा तयार भएको गीतमा वसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन, सुप्रसिद्ध गायक स्वरुपराज आचार्यको स्वर र  मिङ्सिङ्ग तथा मास्टरिङको प्रकाश मिश्रको रहेको छ।

समग्र पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्य राखि तयार पारिएको यो भिडियोमा पोखराका आठै ताल रूपा, बेगनास, मैदी, दिपाङ, खास्टे, न्यूरेनी, गुँदे र फेवा समावेस गर्नुका साथै पोखराको विभिन्न महत्वपूर्ण स्थलहरु समावेश गरिएको छ।

प्रकाश सुवेदीको रचनात्मक निर्देशन, निशान घिमिरेको निर्देशन/सम्पादन, रोहन आशिवको नृत्य निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन रहेको गीतमा ख्यातिप्राप्त कलाकार माओत्सेको साथमा नम्रता र महेशले अभिनय गरेका छन्।

प्रकाशित: १४ वैशाख २०७९ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App