१९ असार २०८१ बुधबार
image/svg+xml
कला

टुबोर्ग दोहरी प्रतियोगितामा कडा प्रतिस्पर्धा

टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता २०७८ को दोस्रो दिन ११ समूहबीच कडा प्रतिस्पर्धा भएको छ।

बुधबार औपचारिक रूपमा सुरु भएको सो प्रतियोगितामा जम्मा ६१ समूहले भाग लिएका छन्। प्रतियोगितामा निर्णायक संयोजक चन्द्र शर्मा, सहसंयोजक बद्री पंगेनी रहेका छन् भने अन्य अग्रज कलाकार निर्णायकको भूमिकामा रहेका छन्।

प्रतियोगिताको दोस्रो दिन केन्द्रीय अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो भने संस्कृति मन्त्रालयका सहसचिव डा. टुकराज काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। यस दिन आजीवन सदस्यता लिने र सहयोग गर्ने सहयोगीदातालाई सम्मान पनि गरिएको थियो।

दोस्रो दिन दोहोरी गीत प्रतियोगितासँगै चर्चित कलाकारहरूको प्रस्तुति समेत राखिएको थियो। प्रतियोगिताकै दोस्रो दिन दृष्टिविहीन कलाकारहरूको हकहितको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दृष्टिविहीन शाखाको स्वीकृती दिदै प्रमाणपत्र पनि वितरण गरिएको थियो।

प्रकाशित: १८ चैत्र २०७८ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App