क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्बिर दुरुपयोग गरिएको भन्दै नायिका प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पुगेकी छिन्।
केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको क्षेत्रीय विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै नायिका कार्की आइतबार सीआईबीको कार्यालय पुगेकी हुन्। उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी छिन्।
प्रकाशित: ६ चैत्र २०७८ ११:४९ आइतबार