२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

स्रष्टाहरू बङ्गलादेश प्रस्थान

बङ्गलादेश नेपाल मैत्री संघको निमन्त्रणामा त्यहाँ आयोजना हुने द्विदेशीय  विशेष साहित्यिक समारोहमा भाग लिन आइतबार  ढाका प्रस्थान गर्दैछन्।

साहित्यकार पवन आलोकको नेतृत्वमा ढाका जानेहरूमा प्राडा लक्ष्मणप्रसाद गौतम, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, उपन्यास समाजका अध्यक्ष शंकर भारती, कवि तथा सम्पादक यादव भट्टराई र कवि उमेश राई अकिन्चन रहेका छन्। टोलीलाई बङ्गलादेशस्थित नेपाली दुतावासले विशेष स्वागत कार्यक्रमको आयोजना गर्ने भएको छ। त्यहाँका महत्त्वपूर्ण स्थानहरूको अवलोकन भ्रमण सकेर टोली आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: २९ फाल्गुन २०७८ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App