२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

घात

लघुकथा

नारायण कोइराला

लगनगाँठो बाँधेपछि आफ्नो जीवनमा नयाँ मोड आएकाले उनी सधैं खुसी थिइन्। बुढो विदेश भएकाले मनमा कतै दुःख पनि लुकेको थियो।  

विवाह भएको केही समयमा नै बुढो विदेश लागेकाले उनी एक्लै बस्ने गर्थिन्।

कति राम्रो हुन् उनी। सबै प्रशंसा गर्थे। सबैले प्रशंसा गर्दा मक्ख हुन्थिन्।

उनलाई न त सासूससुराको कचकच थियो न त अरू कुनै उनको कुरामा विरोध गर्ने मान्छे थिए। आफू टुहुरो भएकाले बुढाले पनि आफूले दिनुपर्ने माया दिएका थिए। उनको कुनै इच्छालाइ यो नगर्नु भनेर कहिल्यै भनेनन्। यस्तो माया देखेर परदेशमा बुढाको चर्चा स्वदेशमा उनको।

आज बुढो आउने दिन। आहा! कस्तो रमाइलो होला। यतिका समयपछि भेट हुँदा। परदेशबाट बुढो मनमा अनेक सपना बुन्दै आँगनको डिलमा आइसकेका थिए। उनले ढोका ढकढक गरे। बुढीले ढोका खोलिन। ब्यागहरू पिँढीमा राखें। अझै ढोका खुलेन।

बुढाले झ्यालबाट हेरें। भित्र उनी थिइन्। ढोकालाई हिर्काउँदै थिए।

गाउँलेहरू पनि आए। उनीहरू भन्दै थिए, ‘के भो? के भयो?’

गाउँलेहरूले ढोका खोल्न सहयोग गरे। बुढाले उनलाई आफ्नो अँगालोमा कसे तर उनबाट कुनै प्रतिक्रिया आएन। गाउँलेहरू अवाक् भए।

बुढाको आँखाबाट आँसुको भेल बग्यो।

एउटा चिर्कटो भेटियो। त्यहाँ लेखिएको थियो,‘माफ गर्नुहोला। मेरो पेटमा भएको अर्काको बच्चा हजुरलाई जिम्मा लगाउने हिम्मत मसँग थिएन।’

प्रकाशित: २२ माघ २०७८ ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App