२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

माया भन्नु भ्रम रहेछ म फसिसकेछु

मुक्तक

रेणुका भट्टराई

१) मुक्तक

म आगो हुँ परै बस पोल्न सक्छु,

अन्यायको विरुद्धमा बोल्न सक्छु।

हक र अधिकारका लागि अझै पनि म,

रगतको होली आफै खेल्न सक्छु।

     २) मुक्तक

मलाई कमजोर बनाउने ठाउँमा जाँदै जान्न,

अमृत नै किन नहोस् म अब खाँदै खान्न।

आत्मसम्मानलाई दाउमा राखेर पुनः

पटकपटक स्वाभिमानको परीक्षा दिंदै दिन्न।

      ३) मुक्तक

पीडाले गलेको यो मनलाई नुन नदिनु,

गरीबलाई कहिल्यै सापटी सुन नदिनु।

इमानदारी उसको स्वाभिमान भए पनि हजुर,

अविश्वासको घाटी रेट्ने सान्त्वनाको गुन नदिनु।

      ४) मुक्तक

माया भन्नु भ्रम रहेछ म फसिसकेछु,

सच्चा माया भन्दै म डसिइसकेछु।

आफैलाई हराई प्रियतमको यादमा,

माकुराको आमा बन्दै गलिसकेछु।

      ५) मुक्तक

तिम्रै मायाका खातिर रोएकी थिएँ प्रिय,

तिमीलाई बचाउन नै गुहारेकी थिएँ प्रिय।

सच्चा प्रेमको नमुना बन्यो हाम्रो जीवन,

दुःख लुकाउन नसकेर मन धोएकी थिएँ प्रिय।

प्रकाशित: २२ माघ २०७८ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App