रमेशचन्द्र अधिकारी
तनक्क तन्किनु
कुर्कुच्चालाई अलि माथि उठाउनु
मेरुदण्ड सिधा पारेर
खुट्टालाई जोडले भुईमा बजार्नु
हातलाई फैलाउनु
अनि फेरि खुम्च्याउनु
र निधारमा औलाहरूले छुवाउनु,
हस्तरेखा समेत नखुम्चने गरी
शरीरलाई आकार दिनु,
सलाम ठोक्नु।
अघिल्तिर
तिम्रै रगत लतपतिएको
रातो टालोमाथि
देशको शासक खडा छ।
प्रकाशित: ७ माघ २०७८ ०४:२४ शुक्रबार