२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

श्रीमती

लघुकथा

रमेन्द्र कोइराला

ऊ जुन साथी देखे पनि औंलाले अश्लील इसारा गथ्र्यो।  कोठामा गरे त हुन्थ्यो नि। बाटोघाटो जहाँ देखे पनि इसारा गर्न थालिहाल्थ्यो। बेइज्जत हुने डर थियो।

ऊ भन्थ्यो,‘जौं साथी, यो होटेलमा तरुनी पाइन्छ रे!’

कहिले भन्थ्यो, ‘सात महीना भयो भिन्दै कोठामा सुतेको।’

लाग्थ्यो ऊ धेरै भोको छ। आजित भएर एकदिन एउटा साथीले सोध्यो, ‘तपाईंकी श्रीमती छैनन्?’

–छन् नि, किन छैनन्!  

–अनि किन यस्तो हर्कत त?’

‘तपाईंलाई थाहा छैन?’ उसले रहस्यमय स्वरमा भन्यो।

–छैन।

उसले अपार दुखका साथ भन्यो, ‘उनी सेतो लुगा लाउने धर्मकी सदस्य हुन्।’

प्रकाशित: ६ माघ २०७८ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App