२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

भोट र संगिना अनि बिर्खबहादुर

कविता

उदय निरौला

आकाश ओढ्नु

धर्ती बिछ्याउनु

चिमे झुपडी सदियौंदेखि नतुनिनु

चर्केको मन नटालिनु

राज्यको दायित्व जस्तो

बिर्खबहादुर निदार हेर्छ पानीको ऐनामा

उसलाई अरू बढी डर छ

सिसाको ऐनामा

झर्‍याम्म माटो फुटेपछिको – परदेशी बन्ने भय

त्यसैले ऊ पानीको ऐना हेर्छ

र नटालिने चिमे झोपडीलाई

तक्दिर मानेर लुसुक्क भित्र छिर्छ

उसकी जीवनसाथी संगिना लामै समयदेखि

हेर्दै आएकी छ धेरै बिर्खबहादुरहरूको

र आफ्नो खसमको यो दिनचर्या।

अनि सुनेकी छ चुनावी कथा र

दिएकी छ छिमेकी कामरेड लालुलाई आफ्नो मत

अर्थात् भोट।

प्रकाशित: २९ पुस २०७८ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App