२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

मन परेको मान्छे त्यसै छोड्न सकिंदैन

मुक्तक

कमला घिमिरे

          १)

मन परेको मान्छे त्यसै छोड्न सकिंदैन,

ऊभन्दा अन्त नजर मोड्न सकिंदैन।

सर्वश्रेष्ठ उहीँ लाग्ने, बहुमुल्य पनि,

एक्लिएर पनि उसलाई तोड्न सकिंदैन।

              २)

हाँसो–खुसीले भरिएको सानो घर होस्,

सुख–दुखमा साथ दिने मिठो भर होस्।

यसैमा सन्तुष्ट भई जीवन बिताउँला,

उसको साथमा बस्दा कुनै डर नहोस्।

              ३)

नुनको जस्तो स्वाद सुनले दिनै सक्दैन,

घामको जस्तो राप जुनले दिनै सक्दैन।

हरेक वस्तुको आआफ्नै मूल्य र मान्यता छ,

गर्मीमा शीतलताको आभास ऊनले दिनै सक्दैन।

                 ४)

मस्तिष्कको अनन्य मित्र सिरानी भए जस्तै,

मनभित्रको परम मित्र बिरानी भए जस्तै।

थाहै छैन को, कहाँ भेटिने र छुट्टिने हो,

प्राण छुटेपछि पार्थिव शरीर खरानी भए जस्तै।

                 ५)

पिर हटाएर खुसी भै हाँस्नुको मज्जा बेग्लै,

बाजाका तालसँग नाच्नुको मज्जा बेग्लै।

पाहुना हो जीवन यो आनन्दमै जिउनुपर्छ,

एक अर्काको परिपुरक भै बाँच्नुको मज्जा बेग्लै।

प्रकाशित: २९ पुस २०७८ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App