२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

गलत बुझाइ

लघुकथा

विष्णु उप्रेती

केशवले हौसिदै श्रीमतीलाई भने, ‘सुन त तारा, आज बिहान एफएमले मेरो राशिफल सारै राम्रो भनेको छ। बिग्रेका सबै काम बन्ने छन्, धनलाभको योग छ अरे। म त्यो मतानेलाई  भेट्न जान्छु। राशिफलका अनुसार आज हाम्रो पैसा पक्कै  तिर्छ उसले!’

–खै बुढा, मलाई त यो राशिफलको विश्वास लाग्दैन है। एउटा उद्योगपति, एउटा हाकिम, किसान र एउटा भिख माग्नेको एउटै राशि हुन्छ। ल जेसुकै गर।

मलाई त शास्त्रका कुरामा विश्वास लाग्छ बुढी भन्दै बाइक स्टार्ट गरेर हुँइकिए।

जंगलको बीचमा पुगेपछि भाग्दै गरेको कुकुरलाई बँचाउने हुँदा खेद्ने कुकुरसँग बाइक ठोक्कियो। पीच बाटोमा पछारिए। चोटपटक  भयो। खुट्टा भाँचियो। एक महिना अस्पताल बसेर केशव घर आए तर उनका मनभित्र एउटा छटपटी र खुलदुली थियो–राशिफल राम्रो भएको दिन कसरी दुर्घटना भयो?

केशवको पारो सेलाएपछि ज्योतिषीले हाँस्दै भने, ‘तिम्रो जन्म मिति भन त भाइ।’

गुरुले उनको जन्ममिति कम्प्युटरमा इन्ट्री गरे र भने–तिमी कुन राशि हेर्छौ?

–तुला राशि हुँ म।

–तर तिमी कन्या राशिका मानिस रहेछौ, ल हेर यहाँ।

जसले तिमीलाई तुला राशि भन्यो, त्यो गलत थियो। गलत राशि बोकेर कुदेपछि यस्तै हुन्छ।

गुरुले उसलाई राशि नमिलेर, गलत बुझाइ भएर झन्डै ज्यान गयो भन्दै उनको चित्त बुझाए।

केशव कालो अनुहार लगाई चित्त बुझाएर घर फर्किए।

              –बिर्तामोड, झापा।

प्रकाशित: ७ पुस २०७८ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App