२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

आगो कान्छालाई पत्र

कविता

रत्नप्रसाद अनामनि श्रेष्ठ

 

आगो कान्छा  

यो चिसो मौसममा न्यानो

अभिवादन!

धन्दा नमान

तिम्रै नेताले गद्दार

गरे पनि

आगो कान्छा

हामी मरेका छैनौ

तिम्रो ज्वालामा ज्वाला थपेर

अँध्यारो कुनाकाप्चामा

उज्यालो छर्न

नाम मात्रको कम्युनिस्ट पार्टी खोलेर

आफ्ना छोराछोरीका लागि

अकुत सम्पत्ति जोड्ने

तिम्रो नेतालाई

अब तिम्रो आगोको रापले

पोल्नुपर्छ

एकदिन अवश्य

त्यो दिन आउने छ

कसैको बुहारी र छोरीलाई पद

दिनेभन्दा  

जनताका लागि गर्ने नेता चाहियो

त्यो तिमीले पूरा गर्नेछ

आगो कान्छा

तिमी चाँडै त्यो स्थानमा पुग्नु

गाउँका त्यो लुरे काका

लथेप्रो माइला दाइ

हर्के र बिर्खेहरू पनि

तिमै भरमा छन् 

तिमीले अनि त्यो मासिने र नमासिने 

जातहरू पनि बराबर गर्न 

नबिर्स ल!

उहीँ अनामनी माइलो!

प्रकाशित: १६ मंसिर २०७८ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App