१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस सम्पन्न

अक्षर  

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा अनेसासले जुम मार्फत बालदिवस कार्यक्रम सम्पन्न गरेको छ। यस वर्षको बाल दिवसमा जुम प्रविधिमार्फत कार्यक्रम गरेको अनेसासले जनाएको छ।

हरेक वर्ष मनाउने बाल दिवस यस पटक जुम प्रविधिमार्फत अनेसासकी केन्द्रीय सचिव तथा अनेसास बालताराकी संयोजक विमला दुंगाना निरौलाले संसारभरि छरिएर रहनुभएका दोस्रो पुस्ताका तर आफ्नो आफ्नो विषयमा विज्ञता  हासिल गरेका भाइबैनीहरूसँग सान्दर्भिक जिज्ञासाका राखेका थिए। इनेप्लिजको फेसबुक लाइभ प्रसारण गरेको उक्त कार्यक्रममा आफ्नो विचार र उद्देश्यमा छलफल तथा अन्तरक्रिया गरेर कार्यक्रम समापन भएको थियो।

मेट्रो डिसीबाट बिहे भिएर साइन्समा पिएचडी गरेका मेधा सत्यालले हामी प्रवासबाट नेपालका बालबालिको अधिकार र विकासका लागि के कस्तो र कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा बोलेका थिए। एमआइटी बोस्टनमा तारामण्डलको वरिपरि पनि ग्रह छन् भनेर अन्तरिक्ष विज्ञानमा पिएचडी गर्दै गरेका प्रज्ज्वल निरौलाले अन्तरिक्षबारे उत्सुक नेपालका बालबालिकाका लागि पनि पहिलेभन्दा प्रविधिको विकाससँगै केही साधन र स्रोत वृद्धि भएको र महाबिर पुनका योजनाले पनि केही सहयोग गर्ने विचार राखे।

मनासस भर्जिनियाकी कञ्चन दाहालले अमेरिकामा पनि विभिन्न परिस्थितिमा बाल अधिकार हनन हुने, घरेलु हिंसा र अपराधको शिकार हुने गरेको र त्यसको विरुद्धमा पनि दिवस र बालअधिकारको आवश्यकता रहेको विचार राखे।

नर्वेमा रहेर आइटी पढिरहेका अनुश्का सुवेदीले विदेशको तुलनामा नेपालका बालबालिकाको पाउने सुविधा र हकअधिकार कमी भएको बताए। शिक्षाको असमानताले पनि बालविकासमा अवरोध आउने सम्भावना हुने हुँदा शिक्षामा समानता हुनु आवश्यक छ भन्ने विचार पनि थिए।

एसिड पीडित बालिकाका अभियन्ता मुस्कान खातुनले नेपालका बालबालिको पीडा र बालबालिकामाथि हुने गरेका जघन्य अपराध कसरी हटाउने भन्दै नेपालको कानुन अझै धेरै दरो बनाउनुपर्ने बताए।

उनले राज्यले बालहकअधिकारका लागि धेरै कुरा गर्नुपर्ने त छंँदै छ नागरिकले पनि आफ्नो तर्फबाट र स्वयं बालबालिकाले पनि आफ्नो सुरक्षाका लागि सधैँ सक्रिय रहने, आफ्नो आवाज बाहिर ल्याएर अपराधीलाई कार्वाही दिलाउने प्रयत्न गर्ने, बालबालिकामाथिको जुनसुकै अपराधको पनि अन्त्य हुनुपर्छ र राज्यले नै कडाभन्दा कडा कानुन ल्याउनुपर्छ भन्ने विचार पनि राखे।

अमेरिकाको प्रथम महिलाले प्रदान गर्ने विश्वकै साहसी महिलाको पुरस्कारबाट सम्मानित खातुनको साहस र हिम्मत प्रसंसा गर्दै नेपालको राष्ट्रपतिबाट पनि साहसी नारी सम्मान र अरू धेरै संघसंस्थाबाट सम्मानित खातुनको आवाज नै सम्पूर्ण पीडितको आवाजझैं देखिन्थ्यो।

यसरी बालहक बालअधिकार र बालकानुन संरक्षणका लागि पनि बाल दिवसको महत्त्व रहेका कुराहरू पनि छलफलमा आएका थिए। अनेसासको उपाध्यक्ष तथा बालताराका प्राविधिक सहयोगी न्यूयोर्कबाट राजेन्द्र श्रेष्ठले नेपालका बालबालिकाको हकअधिकार र विकासमा लागेको बेला आफूले प्रवासबाट पनि सकेको सहयोग गर्ने कुरा राखे भने प्रवासमा नेपालीपनको, नेपाली भाषा र साहित्यलाई दोस्रो पुस्ताले नै अगाडि लानुपर्छ भन्दै मिठो छन्दको कविताले बालबालिकालाई सुन्दर सम्बोधन गरेका थिए।

प्रकाशित: १० मंसिर २०७८ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App