२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

दुई दर्जन संस्थाबाट साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई विराटनगरमा विशेष सम्मान समर्पण गरिएको छ। विराटनगरस्थित गुरुकुलमा आयोजित कार्यक्रममा प्रदेश–१ का विभिन्न दुई दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संस्थाले साहित्यकार श्रेष्ठलाई विशेष सम्मान गरेको हो। 

नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिभा पुरस्कार प्रतिष्ठान, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, चेतना संरक्षण प्रतिष्ठान, विराट साहित्य संगम, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, नेपाली लेखक संघ, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, हाँस्य–व्यङ्ग्य साहित्य समाज मोरङ, अम्बे–मुरारी सेवा केन्द्र, खोटाङ सेवा साहित्य मञ्च, झोराहाट नाट्य समूह, बेलबारी विकास समाज, विराट आदर्श साहित्य मञ्चले सम्मान गरेका हुन्।

त्यस्तै साहित्यकला संस्कृति प्रतिष्ठान धरान, कालकुट साहित्य संघ धरान, नेपाल गजल प्रतिष्ठान, डियर कल्याण साहित्य समाज, सप्तरंगी साहित्य समाज, सिर्जनामा इनरुवा, नेपाल मुक्तक प्रतिष्ठान प्रदेश–१ लगायत २४ भन्दा बढी संस्थाले श्रेष्ठलाई संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन्।

साहित्यकार श्रेष्ठलाई वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ रमेश श्रेष्ठ, अग्रज साहित्यकार बलराम पोखरेल, साहित्यकार मधु पोखरेल, ममता मृदुल लगायतले दोसल्ला ओढाएर विशेष सम्मानपत्र समर्पण गरेका थिए। प्रदेश–१ को साहित्यिक तथा सांस्कृतिक सञ्जालको आयोजनामा भएको कार्यक्रममा नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारी, लघुकथाकार सुमन सौरभ, अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ रमेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सोही अवसरमा प्रदेश–१ का लघुकथा समेटिएको कञ्चनजङ्घा लघुकथा सङ्ग्रहको विमोचन गरिएको थियो। विमोचित लघुकथा सङ्ग्रहका बारेमा साहित्यकार दीपक लोहनीले समीक्षा गरेका थिए।

चार दशकभन्दा लामो समयदेखि नेपाली साहित्यका कविता, कथा, निबन्ध लगायतका विधामा कलम चलाउँदै आएका श्रेष्ठ वरिष्ठ पत्रकारसमेत हुन्। गोरखापत्रमा समेत प्रधानसम्पादकका रूपमा जिम्मेवारी बहन गरेका श्रेष्ठ लघुकथा समाजका केन्द्रीय अध्यक्ष हुन्। श्रेष्ठका विभिन्न विधाका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।  

प्रकाशित: १ मंसिर २०७८ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App