१९ असार २०८१ बुधबार
image/svg+xml
कला

सम्झिदा तिमीलाई,शीतल हुन्छ मन,

गजल

चिरञ्जीवी ढकाल

तिमी छौ र तिम्रो छोरो, अडेको छु आमा,

प्रगतिको शिखरमा,चढेको छु आमा।

सम्झिदा तिमीलाई,शीतल हुन्छ मन,

त्यसैले घामपानीमा,डढेको छु आमा।

अगतिला नेता हुदाँ,राम्रो शिक्षा पाएँ,

तिमी को हौ राम्रोसँग, पढेको छु आमा।

पुर्खाले सुम्पिएको,विरासत  वीरको,

नझुकाई शिर अघि, बढेको छु आमा।

तिमी आमा जगतकी, रूपवती परी,

त्यसैमाथि चन्द्रसूर्य,जढेको छु आमा।

त्यसैले त दुनियाँको,तारो भएको छु,

दलालको आँखाभरि,गढेको छु आमा।

प्रकाशित: २२ कार्तिक २०७८ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App