२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

दशैँ आयो रे

बालकविता

कमला घिमिरे

  

दशैँ आयो रे !!

आयो रे, दशैँ आयो रे !!

आयो रे, दशैँ आयो रे !!

नेपालीको ठुलो पर्व

बडादशैँ आयो रे,

स्कुल छुट्टी, घुम्न जाने

उमंगता छायो  रे।

आयो रे, दशैँ आयो रे !!

आफन्तलाई भेट्न पाउने  

अनि जमरा र टीका रे,

आशीर्वादले पूर्ण हुने

प्यारो  पर्व  आयो रे ।

आयो रे, दशैँ आयो रे !!

बा–आमाले भन्नुहुन्छ  

नयाँ लुगा किन्ने रे,

चङ्गा उडाइ, पिङ खेल्दै  

रमाइलो  गर्ने  रे !!

आयो रे, दशैँ आयो रे !!

आयो रे, दशैँ आयो रे !!

प्रकाशित: २१ आश्विन २०७८ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App