३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मैले नदी तर्दातर्दै तुइन काट्छौ कहिले

गीत

शिव पलाँस

 

मैले नदी तर्दातर्दै तुइन काट्छौ कहिले,  

मेरो साँध मिच्छौ मैलाई गोली दाग्छौ कहिले।  

रवैया छ चर्को तिम्रो नियत छैन निको,  

कहिले दिन्छौ परिचय असल छिमेकीको ?

माटोमाथि आँखा गाड्छौ, पानीमाथि गाड्छौ,  

डर – धम्की देखाई स्वार्थ पूरा गरी छाड्छौ।  

कहिले हिमाल दावी गर्छौ, कहिले बुद्ध दावी,    

कसरी दिउँ बैगुनीलाई पटकपटक माफी ?

मित्रको दिल जलाएर कोही महान् हुन्न,  

फूलमा तरवार चलाएर कोही महान् हुन्न।    

झिक चाँडै मगजबाट अहम् भाव झिक,  

छिमेकीलाई छिमेकीको दर्जा दिन सिक।  

प्रकाशित: २३ भाद्र २०७८ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App