२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

खुट्टा होइन हात तान्नुस् माथि पुगिन्छ

गजल

बालकृष्ण गजुरेल

 

खुट्टा होइन हात तान्नुस् माथि पुगिन्छ,  

आफ्नो कर्तव्य आफैं जान्नुस् माथि पुगिन्छ।

बा भन्नुहुन्थ्यो– अधिकांश रोग पानीले हुन्छ,

त्यसैले उमाल्नुस् या छान्नुस् माथि पुगिन्छ।  

समाजवादी नारा लागेकै छ सडकमा,  

जनता भन्छन् – बोली धान्नुस् माथि पुगिन्छ।

आफैं जाने बुध्द बनिन्छ रे दुनियाँ छोडम्,

साँचो हो मान्नुस् या नमान्नुस् माथि पुगिन्छ।

आफ्नो आत्मसम्मानका लागि अरूको पनि,

मान तथा सम्मान एकै ठान्नुस् माथि पुगिन्छ।

प्रकाशित: २० भाद्र २०७८ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App