१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सविन र निकिसाले जिते मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को उपाधि

अभ्यानी प्रोडक्सनको आयोजनामा सुरक्षा मापदण्ड अपनाउंदै मिस्टर एण्ड मिस नेपाल एसईई २०२१ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ। उक्त आयोजनमा मिसतर्फको उपाधि निकिसा खड्काले चुमेकी छिन् साथै उनले मिस क्याटवाक पनि हात पारिन्। प्रिया गौतमले फस्ट रनर अप र वेस्ट फिगरको उपाधि हात पारिन्। त्यसैगरी  प्रमिसा सेजुवाल सेकेन्ड रनर अप हुन सफल भएकी छिन्। मिस्टर तर्फको उपाधि भने सविन निरौलाले जिते, उनले मिस्टर मल्टिमिडिया र ह्यान्डसम विथ परपोस को उपविधा पनि जित्न सफल भएका छन्।  

फस्टरनर अपको उपाधि अपुर्व गौतमले जितेका छन् साथै उनले मिस्टर ट्यालेन्ट पनि हात पारेका छन्। त्यसैगरी रिन्जिन स्यानंबोले सेकेन्ड रनर अप उपाधि हात पारे र भ्युअर्स च्वाइस अवार्ड जितेका छन्। प्रोभिन्सतर्फको उपाधिमा प्रोभिन्स १ मा पेमा डोल्मा तामांग, प्रोभिन्स २ मा सुभेक्षा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थापा मगर र प्रोभिन्स ५ मा पुजा वस्याल विजेता घोषित भएका छन्।  

अभ्यानी प्रोडक्सनको ब्यानरमा आयोजित उक्त कार्यक्रममा राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंगदेन मुख्य अतिथिकोरुपमा  थिए भने निर्णायक भुमिकामा मोटिभेसनल स्पिकर रोहित मल्ल, सिनियर कोरियोग्राफर महेश केसी, एसपि एम कृयसनको संस्थापक अध्यक्ष पवन आचार्य, संचारकर्मी तथा मोडेल प्रमिला कार्की, नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ कि विजेता पुजा गिरी तथा फेसिनेटेड व्युटि पार्लरकी संचालक तथा व्युदि एक्सपर्ट लक्ष्मी महत रहेका थिए।  

त्यसैगरि उपविधातर्फ मिस ट्यालेन्ट सृजना बोगटी, मिस मल्टिमिडिया समिक्षा दंगल, पिपल्स च्वाइस सुभेक्षा लामा, मिस पर्सनालिटी युना गौतम, भ्युअर्स च्वाइस दिक्षा थापा मगर, मिस फोटोजेनिक सलोनी वानिया, ब्युटि विथ पर्पस विजया काफ्ले, मिस भेटेरन पुजा बस्याल, मिस फेसन आइकन रंजिता राई, मिस इन्टेलेकचुअल आस्था बस्नेत, मिस स्पोर्ट रिनु श्रेष्ठ, मिस कन्फिडेन्ट पेमा डोल्मा तामांग, मिस भिभासिअस ईशा बुढा मगर, मिस एक्टिभ रसिला श्रेष्ठ, ग्लोविंग स्किन सजिना पोख्रेल, बेस्ट हेयर फुर्वा भोटे, व्युटिफुल स्माइल एलिसा मल्लर मिस डिस्सिपिल्नडको उपाधि वर्षा मगरले जितेका छन्।

२० दिनसम्म विभिन्न सुरक्षा मापदण्डभित्र रही सन्चालन गरिएको व्यक्तित्व अभिमुखीकरण, जिवन कौशल कला र मोडलिंग सम्वन्धी उक्त तालिम कार्यक्रममा कोरियोग्राफरको भूमिकामा रोजिन शाक्य, अफिसियल फेसन डिजाइनर सिमोन पन्डित, प्रोजेक्ट डाइरेक्टर अनिकेत अधिकारी, डान्स कोरियोग्राफरको भुमिकामा सुजन श्रेष्ठ, डाइरेक्सन अफ फोटोग्राफीमा अशोक थापा र मुख्य व्यवस्थापकको भूमिकामा सौरभ चौधरी रहेका थिए।

प्रकाशित: १ भाद्र २०७८ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App