गरिमा आचार्य
आमाले सत्तासीन छोराहरूसँग गुनासो गर्दै कथा प्रारम्भ हुन्छ।
–म तिमेर्की आमा हुँ । मलाई पनि साट्छौ ?
–साटेको हैन। छानेको पो हो त।
–ए, राम्री लागे राख्ने नलागे मिल्काउने ?
– राखेको पनि हैन। मिल्काको पनि छैन।
–उसो भा एक भाइ कुर्सीमा बस्ता मसँग एक थरीको व्यवहार दर्शाउने ! अर्को भाइ बस्ता अर्कै व्यवहार देखाउने ? यो तिमेर्ले के गरेको ?
– त्यो ता हाम्रो प्रजातान्त्रिक खेल हो।
–त्यो खेल हैन मर्यादाहीन झेल हो।
–जे नाम दिनुस्। तपाईँ स्वतन्त्र हुनुहुन्छ।
– ए, कुर्सीमा बसेर मेरो कोखलाई नै बदनाम गर्छौँ ?
– यो कुर्सीमा यस्तो मोहनी छ यहाँ जो बस्छ; त्यसले तपैँलाई नै भुलिदिन्छ। यही सम्झेर चित्त बुझाउनुस् आमा !
त्यसपछि आमा त्यस कुर्सीबाट अपेक्षा राख्न छाड्छिन्। कुर्सी भनेपछि मसानघाटमा पुगेका सन्तान पनि बिउँझने गरेको अनुभव गर्नासाथ कथा समाप्त हुन्छ।
प्रकाशित: २९ श्रावण २०७८ ०५:५८ शुक्रबार