२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

जीवन दुखाइ र अनुभूति

कविता

एनवी दाहाल नवीन  

 

जीवनभित्र पनि एउटा जीवन  

छटपटिरहेको छ। दुखिरहेको छ।

कहिले ढाड दुख्छ ।

कहिले टाउको अनि खुट्टाहरू पनि  

कति दुख्न सकेको यो जीवन  

यो जीवन किन सोचेको जस्तो नभएको  

अस्पतालको  शय्यामाथि पीडासंग  

खेलिरहेको छ।

अर्थहीन जञ्जालमा  

दुखिरहेको छ।

दुखाइ र अनुभूति पनि कति  

गाह्रो छ भोगाइभित्रको अनुभूति  

निस्वार्थ छ तथापि दुखाइको  

अनुभूतिको प्रशस्त छ।

अनुभूतिलाई पन्छाउन खोज्दा  

जीवन पनि पन्छिन खोज्छ।

जीवनविनाको अनुभूति के अनुभूति ?

मृत्यु शय्याबाट टाढा हुनलाई  

स्लाइन, डाक्टर नर्सको हेरचाह  

परिवेशमा दुखाइसंगै अनुभूतिको  

सिमानाभित्र कुदिहिँड्छ भावभाबना

सम्झाएर फर्काउन खोज्छु मान्दै मान्दैन  

अनुभूति, दुखाइ र जीवन

यसरी क्रमागत हुन खोज्छ्न।

केही गर्दा पनि मिल्न सक्तैन  

धेरै वर्षको अन्तरालमा केही हुन सक्ला  

हुन सक्छ तर केही हुन सकेको छैन।

बेड फेर्न र कोठा फेर्न नर्स र डाक्टरहरूको  

बोलीको अनि कृयाकलापलाई अनुसरण गर्दा

जीवन दुखाइ र अनुुभूति नै हुनपुग्छ ।

जीवन दुखाइ र अनुभुति नै  हुन पुग्छ।

   – कमल गाउँपालिका –२, दाहाल गाउँ, झापा

प्रकाशित: २५ श्रावण २०७८ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App