२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

हरियो साउन

वन्दना कटवाल

 

श्रावण महिना लाग्यो। महिलाहरूको महान् चाड तीज पनि आउँदैछ। घरबाट निस्केर यसो बजारतिर हिँड्नुपर्छ, महिलाहरूले रातो वा हरियो कपडा लगाएर हातमा मेहन्दी, गलामा पोते, नाडीमा चुरा लगाएको देख्न सकिन्छ। श्रावणको महिना हामी हिन्दूहरूका लागि शिवजीको आशीर्वादको रूपमा एकदम शुभ मानिन्छ। किम्वदन्ती अनुसार जसले श्रावण महिनामा साँचो मनले भगवान्  शिवलाई पुज्ने गर्छ, उसको सबै चाहना पूरा हुन्छ, अनि शिवजीको वरदानको रूपमा आफूले चाहेको जीवनसाथी प्राप्त हुन्छ रे। भनिन्छ, श्रावण महिनामा पर्ने सबै सोमबार एकदम शुभ हुन्छ, त्यही भएर नारीहरूले आफ्नो श्रीमानको लामो आयुका लागि व्रत बस्छन्, आजकाल त पुरुषहरूले पनि आफ्नो जीवनसङ्गिनीका लागि पनि व्रत बस्ने गर्दछन्।

श्रावणको महिना आएको हामीले धेरै दिन अगाडिदेखि थाहा पाउन सक्छौँ। महिलाहरूको अनुहारमा एकदम भिन्न चमक आउने गर्दछ। किनकि नारीहरूको महान् चाड भनेको नै तीज हो अनि श्रावण महिनाले महत्वपूर्ण भूमिका निभाउँछ तर आजकाल हेर्ने हो भने चाडवाडको नाममा विकृतिहरू फैलँदै गइरहेको छ। यसले धेरै समस्या निम्त्याउँछ।

हामीले शिवजीलाई साँचो मनले मान्यौँ भने शिवजी आफैँ प्रसन्न हुन्छन्, महँगो सारी र गहना लगाएर होइन। पहिले त तीजको अघिल्लो दिन मात्र दर खाने चलन थियो भने आजकाल, एक महिना अगाडि नै महँगो पार्टी प्यालेस बुक गरेर अनि गीत बजाएर उफ्रँदै नाचेको देख्न सकिन्छ। यहाँ असाधरण रूपले पैसा खर्च हुन्छ अनि त्यसको साथै देखासिखीको समस्या पनि निम्त्याउँछ। यदि फलानाको श्रीमतीको १५ हजारको सारी अनि दुई तोलाको सुन लगाएर हिँड्न सक्छे भने म किन सक्दिनँ भन्ने मानसिकता विकास हुन्छ, जसका कारण उनीहरू त्यो चीज पाउन जे पनि गर्न तयार हुन्छन् चाहे त्यो घरमा श्रीमानसँग झगडा गरेर होस्या बैंकबाट ऋण लिएर, आजकाल त, टिकटकको जमाना, धेरै लाइक अनि कमेन्ट पाउनका लागि राम्री भएर जे पनि गर्न तयार हुन्छन्।

हो, हामीले आफ्नो परम्परा, संस्कृति बिर्सनु हुँदैन तर हामीले चाडवाड आफ्नै रीतिरिवाजसाथ मनाउनुपर्छ, अरुको देखासिखी गरेर होइन।

कक्षा – ९, 

विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौँ

प्रकाशित: २४ श्रावण २०७८ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App