२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पोखरेली कान्छाको 'हाफ जिन्दगी' सार्वजनिक

नेपाल सरकारका लेखा अधिकृत दिनेश लम्सालले आफ्नो पहिचान फेरेका छन्। यसअघि फुट्कर लेख तथा रचना लेख्दै आएका लम्सालको संस्मरणात्मक कृति 'हाफ जिन्दगी' सार्वजनिक भएको छ। बुधबार सो पुस्तक 'हाफ जिन्दगी' सार्वजनिक भएको हाे। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले उक्त कृतिकाे विमोचन गरेका थिए।

व्यंग्यका क्षेत्रमा पोखरेली कान्छाको उपनामबाट कलम चलाउँदै आएका लम्सालले आफ्नाे बाल्यकाल, किशोर तथा युवा अवस्थाका भोगाईलाई हाफ जिन्दगीमा उतारेको उनले बताए। लम्सालले लकडाउनको समयको सदुपयोग गर्दै उक्त कृतिको रचना गरेका हुन्। 

पर्यटनविद् डा. प्रेम शर्माले सो पुस्तक प्रेरणादायी रहेको र यस्ले नकारात्मक प्रेरणाबाट सकारात्मक प्रेरणातर्फ अघि बढ्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे। भाषाविद् डा. यज्ञश्वर निरौलाले कृति रमणीय, एकै बसाईमा पढ्न सकिने भन्दै लेखकको प्रंशसा गरे।यस्तै आधिकारिक कर्मचारी ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोला पोखरेलले कृतिका लेखकलाई आफूले कुशल संगठकको रुपमा मात्र चिनिरहेकोमा लम्साल कुशल साहित्यकारका रुपमा समेत देख्न र चिन्न पाउँदा गर्व लागेको सुनाए।

साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य देवी नेपालले निजामती क्षेत्रबाट एकपछि अर्को साहित्यकारहरु जन्मनु एकेडेमीकै लागि समेत गर्वको बिषय भएको बताए। लम्सालको उक्त कृति बीएण्डबी पब्लिसर तथा डिस्टर्ब्यिुटर्स प्रालीले बजारमा ल्याएको हो।

प्रकाशित: २२ श्रावण २०७८ १४:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App