१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

अनाज

लघुकथा

प्रेम पुन मगर

 

“म सानै थिएँ। उन्नाइस सालमा सलह आयो। बालीबोट सखाप पा¥यो। त्यसपछि तेइस –चौबिस सालसम्म अनिकाल प¥यो।

महिनौंसम्म लगाएर अनाज खोज्न जान्थे। अनाज कतै पाउँदैन थिए। भएका खसी, बोका, बाख्रा, भेडा, काटेर पेट भरेर बस्थे।”

बारीमा काम गर्दै गर्दा आमाले भन्दै गरेको सुनेको थिएँ।

एकदिन घाँसको भारी बोकेर आउदै थियौँ। पधेँराछेउमा सानो मकैको घोगो रहेछ। आमाले खुट्टाको सहाराले घोगो टिप्नुभयो।

त्यो देखेर हरिशंकरको तरुनी छोरी गौरी खितिति हाँस्दै खिस्याई, “काकीले बाटोबाटो के टिप्दैछिन्। कुकुरको गुहु त हैन?” 

मैले लाज मान्दै भनेँ–आमा पनि केके टिप्न परेको होला, हेर त गौरीले त्यसो भनी?

– भन्न दे। त्यो बैँसले मात्तिएकी केटी जे पनि बोल्छे नि। प्राणीको जीवन बचाउन उब्जिएको अनाजलाई यसरी फ्याँक्नु हुँदैन। घरमा लगे कुखुराले खान्छ। आमाले घोगो पटुकीमा घुसार्दै भनिन्।

प्रकाशित: २० श्रावण २०७८ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App