१२ असार २०८१ बुधबार
image/svg+xml
कला

सधैं– सधैं सीमामा ज्यादती हुन्छ

गजल

खोजक हरि

 

सधैं– सधैं सीमामा ज्यादती हुन्छ,

अन्याय र अत्याचार अति हुन्छ।

 

मेरो पसिना र मेहनतको दाना,

उसका लागि श्रीसम्पत्ति हुन्छ।

 

फर्कंदा, जाँदा गरेको अनुरोध नि,

विनाकारण उसलाई आपत्ति हुन्छ।

 

बुझेको छ कि छैन उसले कुन्नि,

सुतेको बाघ उठे के गति हुन्छ!

प्रकाशित: १७ श्रावण २०७८ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App