मदन घिमिरे
भर्खर– भर्खर मैले अक्षर चिन्न थालेछु,
हातमा कापी– कलम बोकी हिन्न थालेछु।
भर्खरै हो एक दुई तीन भन्न जानेको,
हिजो बल्ल औंला भाच्दै गन्न जानेको।
मलाई मेरो गुरुजस्तै हुन मन लाग्छ,
उफ्रिएरै आकाशको जून छुन मन लाग्छ।
के राम्रो के नराम्रो हो जान्ने भा’को छु,
बाआमाले भनेको नि मान्ने भा’को छु।
मुटुभित्र देशको माया देख्न सक्छु नि,
मेरो देशको नाम मैले लेख्न सक्छु नि।
भर्खर –भर्खर मैले अक्षर चिन्न थालेछु,
हातमा कापी– कलम बोकी हिन्न थालेछु।
– रुपा–६, कास्की।
प्रकाशित: १७ श्रावण २०७८ ०३:४९ आइतबार