'फिल्मको सुटिङ सोचेजस्तै भएको छ। जतिसक्दो चाँडो फिल्मको टिजर आउट गर्नेछौं। त्यसपछि रिलिजको तयारी हुनेछ,' निर्देशक शाहले भने। सुरुमा नयाँ कलाकारलाई नै प्राथमिकता दिने योजना शाहको थियो तर सुटिङ सुरु भएपछि नाम चलेका कलाकार समेत अनुबन्धित भएका छन्।
जंगबहादुर राणाको भूमिका बिएस राणालाई दिइएको छ भने राजाराम पौडेल, रवि गिरी तथा पवन मैनाली पनि फिल्ममा देखिँदैछन्। दुर्घटनामा घाइते भएका पवनले ११ वर्षको अन्तरालमा यसैबाट अभिनयमा फर्केका छन्।
सञ्जय लामाले खिचेको फिल्ममा नीरा राणाले कस्ट्युम डिजाइन र निर्जल श्रेष्ठले कला निर्देशन गरेका थिए।
प्रकाशित: २ वैशाख २०७१ २१:५२ मंगलबार