१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ८:४३ पूर्वाह्न
कला

गायक श्रेष्ठलाई एक लाखको पुरस्कार

मकवानपुर- गायक प्रकाश श्रेष्ठ मोफसलकै ठूलो संगीत पुरस्कार मानिने ‘विजुलीमाया वन संगीत पुरस्कार'बाट सम्मानित भएका छन्। कलासाधक भीम विरागको दोस्रो स्मृति दिवसमा एक लाख रुपैया“ र सम्मानपत्र गायक श्रेष्ठलाई बिहीबार प्रदान गरिएको हो।श्रेष्ठलाई गीतकार प्रेमविनोद नन्दनले सम्मानपत्र र पुरस्कार संस्थापक विजुलीमाया वनले नगद हस्तान्तरण गरेका थिए। यो पुरस्कार भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले २०६४ सालमा स्थापना गरेको हो।
२०१३ साल माघ १५ मा वीरगंजमा जन्मिएका श्रेष्ठको मुलुकको १४ वटै अञ्चल र थुप्रै देशमा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाइसकेका छन्। उनको ‘गहिराईमा डुब्दै नडुब', ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ', ‘सफल तिम्रो त्यो जिन्दगीलाई', ‘पानीको रिमझिम बर्सात्को बेला', ‘कान्छी हे कान्छी' लगायतका दर्जनौं गीत चर्चित छन्।
२०३५ सालमा रेडियो नेपालमा आधुनिक गीत प्रतियोगितामा प्रथम भएपछि गायन यात्रा सुरु गरेका श्रेष्ठले हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड गराएका छन्। १५ वटा एल्वम निकालिसकेका श्रेष्ठको १५ वटा सिडी तयार भएका छन्। हालसम्म उनको एक सय ५० बढी नेपाली चलचित्रमा पश्वगायन रहेको छ। पुरस्कार ग्रहणपछि उनले आफ्ना केही गीत गाएर सुनाउका थिए। श्रेष्ठले भीम विरागकै पे्ररणमा निरन्तर संगीत साधनामा लागेको आफूले पुरस्कार प्राप्त गरेकोमा खुसी व्यक्त गरे। 
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विशिष्ट योगदान पुर्यारएका नेपालीभाषी संगीत साधकलाई बर्सेनी प्रदान गर्ने उद्देश्यले उद्यमी कन्ह्यैकृष्ण श्रेष्ठले आमा बिजुलीमाया वन श्रेष्ठको नाममा यो पुरस्कार स्थापना गरेका हुन्। यसअघि अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल र दीप श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिसकिएको छ।
प्रतिष्ठानका अध्यक्ष तुल्सी थापाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा गीतकार पे्रमविनोद नन्दन, साहित्यकार गोविन्दराज विनोदी, विमल चापागाईं, नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय उपाध्यक्ष आरसी रिजाल, प्रतिष्ठानका उपाध्यक्ष हयग्रीव आचार्य, महासचिव सुशीला पाण्डेलगायतले बोलेका थिए।

प्रकाशित: १५ फाल्गुन २०७० २३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App