८ वैशाख २०८१ शनिबार
कला

हामी साथीसाथी

बालकविता

रञ्जुश्री पराजुली

 

तिमी साने म ठुलो  

यस्तो भन्न मिल्दैन

जे भए नि हामी साथीसाथी

 

तिम्रो मेरो रगत

रातो रंङमा बग्दछ  

नामले ठूलो हुँदैन

मनको असल चाहिन्छ

सानो–ठुलोभन्दा नि

ज्ञानी–गुनी नै महान

तिमी हामी उस्तै छौँ  

दुवै बस्छौं वरपर

त्यसैले त म सोध्छु

को हो ठूलो, को सानो

भन्ने लेखा केही छैन

आफ्नो काम सब ठूलो

पारखी भै त्यो गरौँ  

मेरो घरमा भात खाँदा

तिमीलाई स्वाद लाग्छ

साथी तिम्रो कोठामा

रम्न मलाई मन लाग्छ

जे भए नि हामी साथी–साथी

 

जातभात क्यै होइन

मन ठूलो पारेर

धनको रंङ छाडेर

मन मिलाऊँ राम्ररी

सच्चा साथी बन्ने छौं

अनि प्रगति गर्ने छौँ  

साथी–साथी मिलेमा

देशको मुहार फेर्ने छौं।  

प्रकाशित: ३० जेष्ठ २०७८ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App