१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

अन्यायका जञ्जिर तोड

कविता

कृष्णबहादुर बुढोथोकी

 

हे ! साना सुकुमार शान्त नभमा आलोक फैलाउन

भानूझैं तिमी हाँस्नुपर्छ जगको दुर्भाव मेटाउन

रात्रीको निस्पट्ट काल कसिलो चिर्ने शशी बन्नु है

आँधीझै अति वेगमा बहकिँदै जागौ उठौ भन्नू है ।

 

द कस्ले भन्छ उठौं अघोर निदमा आफैं परेछौ भने

कस्ले फेर्छ मुहार यी जननिको आफैं निदायौ भने

ब्यँझे है सुकुमार हात कसिला मुठ्ठी उठाईकन

फोर्छन् को सजिलै विशाल पहरो तिम्ले नफोरीकन ।

 

हाँस्दै शान्त शशी उठेपछि रूदै भाग्छे जसोरी निशा

छाऊँछन् जब सूर्यका किरणले आलोक् छरी दस दिशा

भाग्छन् दुःख पीडा धरा चहकिलो होला तिमी ब्यूँझिए ।

 

उठ्ने छैन कदापि यो धरति नै आलस्यमा रम्दिए

पुग्ने छैन कतै विशाल गज त्यो हिँड्दैन आफैं तर  

पुग्छन् ती कमिला निरन्तर हिँडे हज्जार कोशै पर

बिस्तारै जलकण् भिजाउँछ धरा वर्सन्छ आफै तर

हर्दम् बग्छ नदी विशाल तटका ठेल्दै कडा पथ्थर ।

 

वायु बग्दछ वेगले लहरिदै खाँदै कडा ठक्कर

रुन्छे बादल शोकले मुरछिदै आनन्द मान्छिन् धरा

त्यस्तै घोर कठोर जण्ड कसिलो सत्कर्मका खातिर

आजादीकन गर्न तोड रिपुका अन्यायका जञ्जिर।

प्रकाशित: २९ जेष्ठ २०७८ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App