२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

ऐना साथी

बालकविता

रमेशचन्द्र घिमिरे

 

मैले हेरें तँलाई  

तैँले हेरिस् मलाई  

 

म रुँदा तँ रुन्छस्

खुसी हुँदा हुन्छस्

 

टोलाउँछस् कैले

बोलाउँछस् कैले

 

हाँस्छस्, ठुस्स पर्छस्

जे गरयो त्यै गर्छस्

 

मैले भन्या मान्ने

साथीजस्तै ठान्ने

 

 सधैं एक–अर्का

बाँड्ने पीर–मर्का

 

हेर कस्तो जाती

मेरो प्यारो साथी

 

छैन स्वार्थी मन

के हो लौलौ भन

 

अरू केही हैन

यो हो प्यारो ऐना।

प्रकाशित: १४ जेष्ठ २०७८ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App