१५ असार २०८१ शनिबार
image/svg+xml
कला

साहित्यकार वानीरा गिरिको निधन

साहित्यकार वानीरा गिरिको हृदयघातका कारणा निधन भएको छ। उनको आइतबार राति निधन भएको हो। उनी ३ वर्षयता अल्जाइमर्स रोगबाट ग्रसित भएका कारण आफ्नै घरमा आपत्कालीन स्वास्थ्य सेवा लिएकी थिइन्। उनलाई तिन साता अगाडि कोरोना पोजिटिभसमेत देखिएको थियो। तर आइतबार राति हृदयघातको आशंकामा निजामती अस्पताल लगिएको थियो।  

गिरीले नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान दिएकी छिन्। ७६ वर्षकाे उमेरमा पनि उनी उत्तिकै सक्रिय थिइन्। उनका ‘कारागार’,‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’,‘जीवन : थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन्। 

कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी गिरिले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन्। उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला पनि हुन्। कोरोना संक्रमणसमेत यथावतै रहेकाले उनको अन्तिम संस्कारको जिम्मेवारी नेपाली सेनाले लिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रकाशित: १० जेष्ठ २०७८ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App