२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

करौंतीको धार

लघुकथा

बालकृष्ण गजुरेल

 

विश्वमा धेरै क्रान्ति भए । एकपछि अर्को गरेर  धेरै परिवर्तनहरू भए । तर अवस्था जहींको तहीं भयो। पहिला पनि विश्वको कुल जनसंख्यामा पाँच प्रतिशत सफल थिए । अहिले पनि पाँच प्रतिशत सफल मान्छेले पूरा विश्व हल्लाउँछन्।

नेपालमा २००७ सालमा प्रजातन्त्र आयो। २०४६ सालमा बहुदल आयो। आज देशमा गणतन्त्र छ ।  तैपनि जनताको हालत उही नै छ । सर्वसाधरण त चिन्तित नै थिए तर बौध्दिक जगत अलि  बढी चिन्तित भए। विश्वास शर्मा तथा राजाराम माझी पनि बौध्दिक व्यक्तिहरूमा पर्दथे। चिन्तित नहुने कुरै भएन। उनीहरूले नपढेका नीति तथा शास्त्र थिएनन्।

राजाराम माझीले गुनासो पोख्दै भने–हामीले पिएचडी गरे पनि जागिरे मात्र बन्यौं । जीवन ठिकठिकै चलेको छ। राजनीति गर्नेहरूले कमाउने  पेसा बनाए। एकाध वर्षमा खरबौं कमाइरहेका छन्। 

विश्वास शर्मालाई  साथीको आवाज अस्वभाविक लाग्यो। मित्रलाई अनुरोध गर्दै भने– तपाईं जस्तो बौध्दिक व्यक्तिले गुनासो गर्न बन्द गर्नुपर्छ। आजबाट आफ्नो करौंतीमा धार लगाउनुस् । एक जना उठ्दा देश उठ्न सक्छ । उदाहरणका लागि पुटिन लिनुस्।

प्रकाशित: ७ जेष्ठ २०७८ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App