२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

छाया साथी

बालकविता

हिँडेपछिसँगै हिँड्छे, बस्यो भने बस्छे,

कैलेकहीँ झुक्किएर आफैँभित्र पस्छे!

दिउँसो–दिउँसो दौडिरन्छे, थकाइ मार्छे राति,

मजस्तै छ, म जत्रै छ, मेरो मिल्ने साथी!

 

पिटे पनि ‘ऐय्या’ भनी रुने हैन कत्ति,

भागे पनि फर्किहाल्छे बालेपछि बत्ती!

भोकै बस्छे, खाँदिन ऊ माग्दै माना–पाथी,

मजस्तै छ, म जत्रै छ, मेरो मिल्ने साथी!

 

सुख–दुःख सँगै हुन्छे, साथ छोड्दिन ऊ,

दुःखसित डराएर हात छोड्दिन ऊ!

‘छायाँरानी ’ भरोसा छ मलाई उसैमाथि,

मजस्तै छ, म जत्रै छ, मेरो मिल्ने साथी!

प्रकाशित: २१ चैत्र २०७७ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App