२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

हरेक फूलको हृदयमा हुन्छिन् नेपाल आमा

गजल

छोरा बुद्ध हरायो , भन्दै रुन्छिन् नेपाल आमा,

जताततै चित्कार मात्रै , सुन्छिन् नेपाल आमा।

 

स्वर्गको टुक्रा, हिमाल, पहाड र तराई,

शान्ति छाओस् भन्दै , देवता छुन्छिन्  नेपाल आमा ।

 

सुन्दर, शान्त देश , एकता मिलाप सबै,

समृद्धि  हित सपना , बुन्छिन् नेपाल आमा।

चार जात छत्तिस वर्ण सुन्दर बगैचामा,

 

हरेक फूलको हृदयमा, हुन्छिन् नेपाल आमा।

काटे रगत रातो, कोख एउटै  सन्तानको,

हृदय फाट्दा तनभरि, गुन्छिन् नेपाल आमा।

प्रकाशित: २१ चैत्र २०७७ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App