२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

योगदान

लघुकथा

सरकारका वरिष्ठ, विशिष्ट ,मन्त्रीहरूको उपस्थितिमा तामझामका साथ पानी उद्घाटनको भव्य कार्यक्रम सम्पन्न हुन गइरहेको थियो।

काकाकुल नगरबासीहरूको ठुलो सपना आज दसकौँ पछि पूरा हुँदै थियो। सपना देख्ने कयौँ नगरबासी पानी आन्दोलनमै सहिद भइसका थिए। नेताहरूका लागि चुनावताका आकर्षक नारा पानी नै हुने गथ्र्यो। पानीकै लागि नगरबासीहरूले चप्पल छाप धेरै नेतालाई भोट दिएर महलतिर पुर्‍याउन सहयोग पुर्‍याएका थिए।

पानीको धारा खोलियो। उद्घाटनको शिला स्तम्भमा सुनौला अक्षरमा तिनैको नाम लेखिएको थियो। पानी तरर झर्न थाल्यो। ताली परर बज्न थाले। सबैको अनुहारमा खुसी र चमक देखिन्थ्यो।

पानी मन्त्रीले गर्वसाथ छाती फुलाएर भाषण दिँदै थिए – हेर्नुस् नगरबासीहरू, हामीले अथक मिहिनेत गरेर यो महत्त्वपूर्ण काम पूरा गरेका छौँ । हाम्रो महत्त्वपूर्ण योगदान छ। हामी फेरि अर्को पाँच वर्षमा अर्को नदीको पानी ल्याएर नगरबासीहरूलाई पौडी खेल्न पुग्ने बनाउने छौँ।

सभाको एक कुनामा फाटेको जुत्ता र मैलो इस्टकोट लगाएका एक  व्यक्ति चूपचाप तिनीहरूको गर्विलो भाषण सुनेर ताली बजाइरहेका थिए। पानीको मुहानदेखि खनेर यो शहरसम्म पानी ल्याउँदा उनी वृद्ध र असक्त भैसकेका थिए।

प्रकाशित: २१ चैत्र २०७७ ०३:३८ शनिबार

अक्षर