२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

घुर्ने मान्छे

लघुकथा

 ‘अगुल्ठाले हानेको कुकुर, बिजुली देख्दा तर्सिन्छ’ भनेझैं मोटो, मान्छे देख्नबित्तिकै युनिक झस्किन्थ्यो । कारण, स्कुले जीवनमा साथीको घरमा सुत्न जाँदा साथीको बाउले घ्वारर–घ्वारर घुर्दा निन्द्रा भड्केर  सातोपुत्लो नै उडेको झल्झली याद आउँथ्यो।

बिहे गरेको एक वर्षसम्म जीवनयापन सरल नै थियो । सन्तान बढ्दै आएपछि उसलाई विदेश जान बाध्य बनायो । त्यसैले ऊ पैसा कमाउन  विदेश गयो । विदेश पुगेको तीन महिनापछि युनिकलाई  अर्को क्याममा सारियो । जहाँ कोही मोटा अनि कोही पातला मान्छे । अनि कोही चै स्कुलकलेजको किताब पढ्दा कथा र नाटकहरूमा भेटिएका पात्रहरूजस्ता देखिन्थे।

क्यामबोसले सुत्ने कोठा  देखाइदियो। अनि भोलिदेखि रातिको ड्युटीमा जाने  टुंगो गरिदियो । उसले पनि बिस्तारा मिलाइराखेर पहिलो रात ड्युटी गयो । रातभर अनिदो बसेर ड्युटी गरिसक्यो । उसले कोठामा आएर दिनमा पनि राम्ररी सुत्न पाएन । कारण, ऊ सुत्ने कोठामा एउटा मोटो साथीले घुरेर सुत्नै दिँदैनथ्यो । केही बोलूँ पनि कोठाको अरू सबै साथीहरू मस्त निदाएको देख्थ्यो । अरूलाई डिस्टप पो हुने हो कि ? उसलाई फसाद  पथ्र्यो । अर्को कोठा सर्न पनि कसैको बेड खाली थिएन । एक दिन हैन, दुई दिन हैन ऊ रातभर जाग्राम बस्नुपर्यो । नियमित रूपमा युनिकले यही अवस्था  भोग्नुपर्थ्यो  

उसलाई निद नलागेर न रुनु न हाँस्नु भएको थियो । काँचो प्याज टोक्दै सुत्दा समेत निन्द्रा नआएपछि झुन्डिएर मर्नुझै अवस्था हुन्थ्यो।

यसरी न दिनमा न रातमा निन्द्रा भएपछि उसलाई खानामा अरुचि हुन थाल्यो। पेट दुख्नुका साथै ग्यास्ट्रिक पनि बढ्न थाल्यो । त्यसपछि टाउको दुख्ने, आँखा सुन्निने र आँखाको वरपर  चिलाउने आदि समस्या बढ्दै गयो। त्यस्तो अवस्थामा ऊ ड्युटी जान सकेन । उसले कुन दिनमा घरबाट हिँडिएछ भन्दै ऊ नुन खाको कुखुराजस्तो झोक्राएर बस्थ्यो । अनि आफूले आफैलाई मनमनै सराप्थ्यो।

भोलिपल्टै उसले क्यामबोससँग गएर ड्युटी जान नसक्ने अवस्था बतायो । क्यामबोसले भन्यो– रि – प्लेस हाल्ने मान्छे छैन । बिस्तारै भए पनि भोलि तिमी  ड्युटी जानै पर्छ।

युनिकलाई घुर्ने मान्छेदेखि दिक्क लाग्यो र मरेकै दिन भयो भने बोसको कुराले ऊ अझ सिरियस बन्यो ।

प्रकाशित: २० चैत्र २०७७ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App